नगरपालिकाको लापरबाहीले क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित


धनगढी : कृष्णपुर नगरपालिकाको लापरबाहीले क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । बिहान स्थानीयले कृष्णपुर नगरपालिका-६ काे कार्यालयमा तालाबन्दी गर्नुका साथै नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।
नगरपालिकामा पिडितले घेराउ गरि ताल्चा लगाउन खोज्दा प्रहरी र आन्दोलित पक्ष बिच झडप भएको थियो । पिडित पक्षले तोडफोड गर्न थाले पछि प्रहरीले असुरग्यास प्रहार गरेको थियो । झडपपछी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अहिले दुई पक्ष बिच बार्ता भैइरहेको छ । पिडित पक्षले उचित क्षतिपूर्ति हुने पर्ने भन्दै माग गरेका छ्न । भारतबाट हिजाे मात्रै घर आएकी राधाकाे क्यारेन्टानमा करेन्ट लागेर मृत्यु भएकाे थियाे ।