डोटि बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत


धनगढी : डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस बुधबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुदा मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० वर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ वर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ वर्षकी लछ्मा विक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।
बसमा ३२ जना यात्रु रहेका थिए । बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।