कञ्चनपुरको कृष्णपुरमा क्वारेन्टिनमा करेन्ट लागेर एक युवतीको मृत्यु
बोलन्या थली |
२८ श्रावण २०७७, बुधबार
धनगढी : कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी युवतीको करेन्ट लागेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएको हो ।
नुहाउने क्रममा करेन्ट लागेर २२ वर्षिया राधा वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिएका छन् ।
श्रीमानसँगै मंगलबार मात्र भारतको बैङ्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन् । मृतकको स्वाब संकलन गरि कोरोना परिक्षण हुने भएको छ ।