नेपालमा कोरोना भाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु
बोलन्या थली |
२८ श्रावण २०७७, बुधबार
काठमाडौं, २८ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप चार जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कुल मृतकको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार तीन पुरुष र एक महिलाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो ।
मृत्यु हुनेहरुमा धनुषाका दुईजना छन् । अन्य दुईजना काभ्रे र सिन्धुपाल्चोकका हुन् । देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ६५ पुरुष, १७ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक छ्न ।