डोटीमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु
बोलन्या थली |
२८ श्रावण २०७७, बुधबार
डोटी । डोटीमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । भारतबाट फर्किएकाहरुलाई लगेर धनगढीबाट छुटेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा आज बिहान दुर्घटनामा परेको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको बताए।उनीहरुको सनाखत भने नभएको जनाएको छ । ।बस सडकबाट करिब ५० मिटर तल खसेको छ। उक्त दुर्घटनामा परि २९ जना घाईते भएका छन्।