मुख्यमन्त्री भट्टद्वारा कोरोना परीक्षण गर्ने नयाँ पिसीआर प्रयोगशालाकाे उद्घाटन

बोलन्या थली | २७ श्रावण २०७७, मंगलवार
मुख्यमन्त्री भट्टद्वारा कोरोना परीक्षण गर्ने नयाँ पिसीआर प्रयोगशालाकाे उद्घाटन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले कोरोना परीक्षण गर्ने नयाँ पिसीआर प्रयोगशालाकाे उद्घाटन गरेका छन् । प्रदेश सरकारले धनगढी स्थित जनस्वास्थ्य कार्यालयमा स्थापित प्रयाेगशालाकाे आज मंगलवार विहान मुख्यमन्त्री भट्टले उद्घाटन गरेका हुन् ।

सेती प्रादेशिक अस्पतालकाे मातहतमा रहने उक्त प्रयाेगशालाकाे उद्घाटन पछि मुख्यमन्त्री भट्टले अव चाँडै नै डाेटी र बैतडी जिल्ला अस्पतालका प्रयाेगशाला पनि सञ्चालनमा आउने प्रतिकृया दिए । प्रदेशमा पाँचवटा पिसीआर मेसीन स्थापना भएपछि काेराेना नियन्त्रमा सहज हुने उनकाे भनाई थियाे । दैनिक अढाई/ तीन हजार स्वाब परीक्षण गर्न सकिने र स्वाब सङ्कलन गरेकै दिन परीक्षणकाे रिपाेर्ट आउने उनले बताए ।

प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बत्ति र जनशक्तिकाे अभाव नभए धनगढीका दुईटै प्रयाेशालावाट अव २४ घण्टामा १६ सयवढी स्वाब परीक्षण गर्न सकिने जानकारी दिए । योसङ्गै सुदूरपश्चिममा कोरोना परिक्षण गर्ने तीन वटा प्रयोगशाला सन्चालनमा आएका छ्न ।

जनाअवजको टिप्पणीहरू