बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका २ जना युवक पक्राउ

बोलन्या थली | २७ श्रावण २०७७, मंगलवार
बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका २ जना युवक पक्राउ

बैतडी: बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका २ जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चाैडी नगरपालिका ३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई पक्राउ गरिएको जानकारी दिए ।

आइतबार स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकहरूले कुटपिट गरेको महिला स्वास्थ्यकर्मि बताएकी थिइन । ती युवकको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुखमा छातीमा, टाउकोमा चोट रहेको उनले बताएकि थिईन ।

जनाअवजको टिप्पणीहरू