डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु,५ जना घाइते

बोलन्या थली | २७ श्रावण २०७७, मंगलवार
डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु,५ जना घाइते

डोटी – जिल्लाको आदर्श गाउँपालिकामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । गाउपालिकाको वडा नं १ बाँझककानी खलगडामा गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

उक्त घटनामा परी घरधनी लोगे बि.क , उनकी आमा ताना लुहार , एक छोरी र भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम लैजाने काम भैरहेको प्रहरीले जनाएको छ ।

राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको बताइएको छ । उद्धपी घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू