स्कुल अफ डेमोक्रेसीको सातवटै प्रदेशमा संयोजक चयन
बोलन्या थली |
२६ श्रावण २०७७, सोमबार
काठमाडौ : स्कुल अफ डेमोक्रेसीले सातवटै प्रदेशमा संयोजक चयन गरेको छ । अहिलेसम्म देशभर ६७ जिल्लामा र १८ भन्दा बढी देशमा आफ्नो संगठन विस्तार गरिसकेको र तीब्र रुपमा विस्तार गर्ने क्रममा रहेको स्कुल अफ डेमोक्रेसीले सोमबार सातै प्रदेशका संयोजक तोकेको हो ।
संयोजकको जिम्मेवारी पाउनेहरुमा प्रदेश १ मा बिशाल श्रेष्ठ, प्रदेश २ मा अरुण पञ्जीयार, प्रदेश ३ मा मदनकृष्ण श्रेष्ठ, प्रदेश ४ मा गंगाधर पराजुली, प्रदेश ५ मा जीव नारायण अधिकारी, प्रदेश ६ मा डा।महेन्द्रकुमार मल्ल र प्रदेश ७ मा धर्मदेव भट्ट रहेका छन् ।