डडेल्धुराको रडुवा खोलामा एक जना पुरुषको मृत्यु अवस्थामा शव फेला


धनगढी : डडेल्धुरामा एक जना पुरुषको मृत्यु अवस्थामा शव फेला परेको छ । जिल्ला गन्यापधुरा गाउपालिका वडा नं. २ रडुवा खोलामा सोही स्थानका ४८ वर्षीय मान बहादुर बोहरा मृत अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार विहान घरबाट नुहाउन खोलामा गएका उनि घरमा नआएपछि खोज्दै जादा आफन्तले मृत भेटेको जानकारी दिए ।
प्रहरी टोलि घटनास्थल पुगी अनुसन्धान कार्य अगाढी बढाएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।