आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे छलफल हुने

बोलन्या थली | २६ श्रावण २०७७, सोमबार
आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे छलफल हुने

काठमाडौं ।आज बेलुका ५ बजे मन्त्रिपरिषदको बैठक बसने भएको छ ।आज बस्ने बैठकमा कोरोना नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने जनाइएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भदौ १ गतेबाट खोल्ने भनिएको हवाई उडान र लामो दुरीका सार्वजनिक यातायातबारे समेत निर्णय हुने स्रोतले जनाएको छ ।

यस अघि बसेको बैठकमा विज्ञले दिएको सुझाव अनुसार लकडाउनबारे निर्णय हुनसक्ने बताइएको छ ।त्यस्तै भदौ १ बाट विद्यालय भर्ना कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।

जनाअवजको टिप्पणीहरू