कन्चनपुरमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा प्रवेशमा रोक
बोलन्या थली |
२६ श्रावण २०७७, सोमबार
धनगढी : कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बतासे झरनामा प्रवेशमा रोक लगाएको छ । शुक्लाफाँटा नगरपालिका–८ वडा कार्यालयले सोमबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाएको हो । कोरोना भाइरस रोकथामका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाएको वडाअध्यक्ष बहादुर सिंह महराले बताए । सोमबारबाट लागु हुने गरि बतासे झरना, निलताल, शुक्ला झरना, शुक्लाताल, दन्ते गुफा, शिव लिंगा, धारापानी पर्यटकीय क्षेत्र, मणिका धाम, मणिका ताल, थारु संग्रहालय र सुनदेवी ताल प्रवेशमा रोक लगाइएको छ ।


