सभापति देउवाद्वारा १२ केन्द्रीय विभागमा ४६४ सदस्य मनोनित

बोलन्या थली | २६ श्रावण २०७७, सोमबार
सभापति देउवाद्वारा  १२ केन्द्रीय विभागमा ४६४ सदस्य मनोनित

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १२ केन्द्रीय विभागमा ४ सय ६४ सदस्य मनोनित गरेका छन । नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले केन्द्रीय विभागहरुमा उपप्रमुख/सचिव/सदस्यहरु मनोनयन गरेका हुन । सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) बमोजिम फागुन १७ गते ७ र १९ गते १३ गरी २० वटा केन्द्रीय विभागमा  प्रमुख तोकेका थिए ।
सभापति देउवाले ७ वटा विभागमा सदस्यहरुमध्येबाट पदाधिकारीसमेत तोकेका छन भने ६ वटा विभागमा पदाधिकारी तोकेका छैनन । मोहनबहादुर बस्नेत प्रमुख रहेको खेलकुद विभागमा काठमार्डौका मोहनकुमार राई उपप्रमुख र ललितपुरका मीनकृष्ण महर्जनलाई सचिवमा मनोनित गरेका छन । हरिप्रसाद नेपाल संयोजक रहेको शिक्षा विभागमा उपप्रमुखमा चितवनका शेसनाथ अधिकारी र सचिवमा कास्कीका डा. कृष्णप्रसाद पौडेललाई मनोनित गरेका छन । अजयकुमार चौरसिया प्रमुख रहेको तराई मधेश समन्वय विभागमा सप्तरीका श्रीप्रसदा राउतलाई उप्रमुख र पर्साका रामनारायण प्रसाद कुर्मी सचिवलनई देउवाले सचिवको जिम्मेवारी दिएका छन ।

यसै गरी देउवाले आनन्द प्रसाद ढुंगाना प्रमुख रहेको वित्तिय तथा सहकारी विभागको सुर्खेतका गोविन्दबहादुर मल्ललाई उपप्रमुखको जिम्मेवारी दिएका छन । पूर्वउपसभापति गोपालमान श्रेष्ठ प्रमुख रहेको संगठन विभागमा झापाका विनकुमार विश्वकर्मालाई सचिव मनोनित गरेका छन । ,शंकर भण्डारी संयोजक रहेको तरुण विभागमा नवलपुरका श्यामप्रसाद श्रेष्ठ, फरमुल्लाह मन्सुर संयोजक रहेको मुस्लिम विभागमा बाराका परवेज अन्सारीलाई सचिवको जिम्मेवारी दिएका छन ।

सभापति देउवाले संगठन विभागमा ४१, शिक्षा विभागमा ४०, खेलकुद विभागमा २९, यातायात व्यवसायी समन्वय विभागमा ४१, मुस्लिम विभागमा ३८, तराई–मधेश समन्वय विभागमा ३९, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० जना सदस्य मनोनयन गरेका छन । यसैगरी सभापति देउवाले वन, वातावरण तथा विपत व्यवस्थापन विभागमा ३९, वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ३९, स्थानीय तह समन्वय विभागमा ३८, निर्माण व्यवसायी समन्वय विभागमा ३९ र तरुण विभागमा ४१ जना सदस्य मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसभित्र विभाग गठनको विषयलाई लिएर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले बखेडा झिकेको छ । १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भए लगत्तै बसेको पहिलो बैठकमै सभापति देउवाले विभाग गठनका लागि पौडैल पक्षसंग नाम मागेका थिए । त्यति मात्र होइन देउवाले पौडेल समुहसंग दर्जनौ पाटक विभागका पदाधिकारी र सदस्यहरुको नाम मागेका थिए । सबैलाई मिलाएर अघि बढ्न प्रयत्नरत देउवाको झण्डै पुरै कार्यकाल विभागकै सदस्यहरुको नामावाली पर्खाइमै वित्यो । आन्तरिक विवादको भूमरीमा फसेको पौडेल समुहले नाम दिने छाटकाट नबुझेपछि सभापति देउवाले पार्टी संगठनलाई चलायमान बनाउन विभाग गठन गरेका हुन । देउवा विभागमा पौडेल पक्षलाई पनि समेटेर अघि बढ्ने कसरतमा छन ।

जनाअवजको टिप्पणीहरू