नेपालमा थप २ जनाको कोरोना संक्रमितको मृत्यु

बोलन्या थली | २५ श्रावण २०७७, आईतवार
नेपालमा थप २ जनाको कोरोना संक्रमितको मृत्यु


काठमाण्डौ – नेपालमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कास्कि जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २ की २० वर्षीया महिलाको पनि शनिबार निधन भएको छ । उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको गौतमले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू