डडेल्धुरामा अबैध मदिरा बरामद गरि नष्ट, अबैध मदिरा बिक्री गर्ने ब्यापारीलाई कारबाही

बोलन्या थली | २५ श्रावण २०७७, आईतवार
डडेल्धुरामा अबैध मदिरा बरामद गरि नष्ट, अबैध मदिरा बिक्री गर्ने ब्यापारीलाई कारबाही

डडेल्धुरा-डडेल्धुरामा अबैध मदिरा बरामद गरि नष्ट गरेको छ। जिल्लाको गन्यापधुरा गाउँपालीका–४ कैलपालमाण्डौमा अबैध रुपमा बिक्रीबितरण भैइरहेको प्रहरीले छापा हान्दा स्थानीय बजारबाट ३ वटा पसलबाट १ सय ७८ क्वाटर लिचि बरामद गरिएको वडा अध्यक्ष चेत राज भट्टले जानकारी दिए ।

आइतबार बिहान अस्थाई प्रहरी पोष्ट जैसराबाट गएको प्रहरीको टोलीले छापा मार्ने क्रममा अबैध मदिरा ( लिची) बरामद गरेको थियो। मदिरा बिक्रीवितरण अनुमति दिए पनि लिची नामको मदिरा बिक्रीवितरणमा रोक लगाएकोले उत्त मदिरा बरामद गरिएको वडा अध्यक्ष भट्टले बताए । बरामद गरेको मदिरा वडा अध्यक्ष, पत्रकार लगायत स्थानियको रोहवरमा नष्ट गरेको वडा अध्यक्ष भट्टले जानकारी दिए । अबैध बिक्रीवितरण गर्ने तीन बटै ब्यापारीलाई २५ सयका दरले जरिवाना गरिएको वडा अध्यक्ष भट्टले बताए। गन्यापधुरा गाउपालिकाका विभिन्न वडामा अबैध रुपमा मदिरा बिक्रीवितरण भैइरहेको छ ।

जनाअवजको टिप्पणीहरू