गरिबका भगवान डाक्टर गोविन्द केसि !
धनगढी : गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने,नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरूले उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने लगायतका माग राख्दै डक्टर गोबिन्द केसिले १८ पटक अनशनमा बसे ।
नेपालको स्वास्थ्य क्षेत्रमा भएका बिकृती, राजनैतिक पहुचका आधारमा नियुक्ति, दलाली प्रवृत्तिका बिरुद्द पटक पटक अनशन बसि रहदा उनलाई केही राजनैतिक दल, व्यक्तिले पद र पैसाका लागि अनशन बसेको उनलाई आरोप लगाए । १८ औ अनशन स्थगित गरेर बिकटका गरिब जनतालाई नि:शुल्क बिरामिको चेक जाँच गर्दै आएका छ्न ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा,दार्चुला,बाजुरामा स्वास्थ्य क्षेत्र पहुच नभएका गरिब जनतालाई स्वास्थ्य सेवा दिएर यसअघि हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब डेढ सय स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । अदानचुलीबाट फेरि बाजुरा, कालिकोट, जुम्ला पुगेर सेवा दिएका थिए । जुम्लाबाट दुई दिन हिँडेर जगदुल्ला गाउँपालिका पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि चार दिन हिँडेर मुगुमा पुगेका छ्न डाक्टर केसि ।
डाक्टर केसि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् । रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामलाई डाक्टर गोविन्द केसीले शनिबार बिहान जिल्ला अस्पताल ठिनीमा निःशुल्क देब्रे हातको अप्रेसन गरेका छन् ।
तीन वर्षअघि रेश्मा गाई चराउन वनतिर जाँदा भीरबाट लडेर हात भाँच्चिएको थियो । आर्थिक अभावले हातको अप्रेसन गर्न नसक्दा जोखिम अवस्थामै हिँडडुल गर्न बाध्य भएकी थिइन् ।
‘यत्रो वर्षसम्म छोरीको हात सञ्चो भएन । तराई लिएर औषधि गर्ने क्षमता हाम्रो भएन,’ रेश्माकी आमा दन्ता भामले भनिन्, ‘कताबाट भगवानजस्तै डाक्टर केसी भेटिए । निःशुल्क छोरीको हात अप्रेसन गरी दिए । अब मेरो छोरीको हात राम्रो हुने भयो नदुख्ने भयो ।’ ‘गरिबका भगवान डाक्टर गोबिन्द केसि’ उनले भन्निन् ।