भारतिय विदेशमन्त्रीको गौतम बुद्ध भारतीय नागरिक अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति
बोलन्या थली |
२५ श्रावण २०७७, आईतवार
काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरको भगवान गौतम बुद्धप्रतिको पछिल्लो अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाउँदै नेपाल र नेपालीको भावनामाथि चोट पुर्याउने कार्य स्वीकार्य नभएको प्रष्ट्याएको छ ।
“भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार ट्विट गर्दै भनेका छन्, “आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।”
यसअघि शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन ‘कन्फडरेशन अफ इन्डियन इन्डस्ट्री’ ले आयोजना गरेको भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेका थिए ।


