भारतीय विदेशमन्त्री जयशंकरले बुद्ध भारतीय नागरिक भनेपछी…
बोलन्या थली |
२५ श्रावण २०७७, आईतवार
काठमाडौं, २५ साउन । भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेका छन् ।
जयशंकरले क्न्फडरेसन अफ इन्डियन इन्डट्रिजद्वारा आयोजित इन्डिया एट ७५ भर्चुअल सम्मेलनमा भने, ‘हामी सबैले आज सम्मकै महान भारतीय भनेर दुईजनालाई चिन्ने हो, पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी ।’ यी दुईलाई पूरै विश्वले महान् भारतीयका रुपमा चिन्ने उनको भनाई थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न सम्बोधनका क्रममा बुद्धलाई भारतीय भन्ने गरेका छन् । पछिल्लो समय भारतका विदेशमन्त्रीले बुद्धलाई भारतीय भनेका हुन् ।