अपडेट : भारतको केरलामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

बोलन्या थली | २४ श्रावण २०७७, शनिबार
अपडेट : भारतको केरलामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु


एजेन्सी, २४ साउन । भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको थियो । विमानमा पाइलटसहित १९ यात्रुहरुको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरुको नजिकैको अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटना भारतीय समय अनुसार साँझ सवा आठ बजे भएको थियो । चालक दलका सदस्यसहित १९१ जना रहेको बिमान उत्रने क्रममा दुई टुक्रा भएको थियो । CNN

जनाअवजको टिप्पणीहरू