कोरोनाबाट ज्यान गुमाएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गरिने
बोलन्या थली |
२४ श्रावण २०७७, शनिबार
काठमाडौं, साउन २४। वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ ।
वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको शव विदेशमा नै अन्त्येष्टि लागि सहमति प्राप्त भएको हो । यसमध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।
बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी साउदीमा एक महिलासहित १७३ जना नेपालीले ज्यान गुमाएका छन् ।
सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छन् ।


