”धन्यवाद लकडाउन”(कविता)


सारा संसार रोइरहेको छ
सारा मानव जाती डराइरहेका छन,
तर म खुशी छु।
सबैले कोरोना अनि लकडाउनलाई
गाली गरिरहेका छन सरापी रहेका छन,
यस्तो कहिल्यै पनि नहोस् भनेर
तर म धन्यवाद भन्छु लकडाउनलाई
धन्यवाद भन्छु कोरोनालाई।
मलाई पागल ठान्नु होला हजसरहरुले
तर म पागल होइन ।
कोरोनालाई धन्यवादको साथ बिदाई गर्नुपर्छ
हामी अाफै सजग भए पो बाच्न सकिन्छ
भन्नू त भन्छन् भोकले मर्नु भन्दा
रोगले मर्नु बेश,
हो ठिकै हो ।
मैले किन धन्यवाद भने लकडाउनलाई ,
मैले किन धन्यवाद भने कोरोनालाई,
जान्न चाहानुहुन्छ?
ल सुन्नुहोस् है त ?
म यसकारण लकडाउनलाई धन्यवाद भन्दै छु कि!
कहिल्यै पनि घर फर्कि अाउन नखोज्ने जता गयो
उतै हराउने विदेशीका गुलामी हुन मन पराउने दाजुभाईहरु अहिले ढुक्कै घर बसेका छन,
घरपरिवार कति खुशी भाछन।
स्वास्नीलाई त माथि चढ्न दिनुहन्न,
सधै तलै राख्नु पर्छ दलेरै खानुपर्छ भन्ने
बुवाहरु अहिले अामाहरुलाई सघाउन
थाल्नु भएको छ,अामाहरु मख्खै छिन।
सधै जुवा – तास अनि जाड-रक्सी खाएरै
दिन बिताउने काम केही नगर्ने साथिहरु अहिले कामको खोजीमा भाैतारिरहेका छन।
आफ्नो बुढालाई सधै पेल्ने गाउँ धरी कुरा
काट्दै हिड्ने अल्छि अनि सधै अाफ्नो माईतिको
सम्पत्तिको धमास दिने भाउजुहरु अाज सबैलाई
माफि माग्छिन, बुढालाई सघाउछिन दाईहरु
एकदमै खुशी छन भाउजुहरु सुध्रिएकोमा।
सधै मोबाइल मात्रै चलाइरहने घरको काम केही नगर्ने केटिसाथीहरु अहिले अामालाई घरको काम केही गर्न
दिन्नन् आमा भित्र भित्रै गदगद छिन खुशिले छोरी
अब सुध्रन्छे भनेर।
खेतीपाती नगरी पसलबाटै खान लाउन पुग्छ भन्ने
घमण्ड बोकेर बजार चोक चोकमा सानो-सानो पसल
थापेर बसेका पसलेहरु अहिले खेतीपातीमा लागेका छन ,बुढापाका खुशी छन खेतबारी बाझिनबाट जोगिएकोमा।
नन्द देवर,सासु ससुरा सँग साना-साना कुरामा मनमुटाव भई घर छाडेर शहर ,बजारमा कोठा भाडामा बस्न गएका दाईभाउजुहरु अहिले शिर निहुर्याएर आफ्नो गाउँ घरमै फर्किन बाध्य छन,बुढा बा-अामा कति धेरै खुशघछन छोराबुहारी घर फर्केर।
अन्त्यमा हाम्रो धरातल कृषि नै हो
हाम्रो बाच्ने अाधार कृषि नै हो
कृषक संसारको महान हो भनी सारा
दुनियाँलाई चिनाउने कोरोनार लकडाउन
लाई धन्यवाद भन्न चाहान्छु।
अब भन्नुहोस् म पागल हु त?
कोरोनालाई धन्यवाद भन्ने ?
लकडाउनमा खुशी हुने ?
के म पागल हु त?
कोरोना अनि लकडाउनका नकारात्मक पक्ष त कति छन कति यसमा सकारात्मक पक्षहरु समेटेकी छु। कृपया सुझाब,सल्लाह दिनुहोला ?
पार्बती बिष्ट
मंगलसेन अछाम
