भारतमा विमान अवतरणका क्रममा धावनमार्गमा दुई टुक्रा, ४ जनाको मृत्यु (भिडियो )
बोलन्या थली |
२३ श्रावण २०७७, शुक्रबार
एजेन्सी, २३ साउन । भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भारतीय समय अनुसार साँझ सवा आठ बजे भएको थियो । १ सय ८९ जना यात्रु बोकेकार बिमान उत्रने क्रममा दुई टुक्रा भएको थियो । केरलाको कोझिकोड विमानस्थलमा दुबईबाट आएको एउटा विमान रनवेबाट हावामा उत्रिएपछि भइको दुर्घटनामा विमान चालक र तीन अन्य व्यक्तिको मृत्यु भएको बताईको छ ।
विमान रनवेबाट चिप्लिएर भित्तामा ठोकिएको थियोघटनाको थप विवरण आउने क्रममा रहेकोले थप हताहती भएको हुनसक्ने जनाइएको छ ।