सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि

बोलन्या थली | २३ श्रावण २०७७, शुक्रबार
सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४४९ नमुनामध्ये १७ जनामा संक्रमण पोजेटिभ देखाएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सुचनाअधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ९ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का दुई महिला र एक पुरुष, टिकापुर नगरपालिकाका ५ जना महिला र ७ जना पुरुष, धनगढी उपमहानगपालिका वडा नम्बर १२ की एक महिला र कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ की एक महिला गरी १७ जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू