पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ७१ पुग्यो


काठमाडौ : पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रवार बिहान सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर बिरामी उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको थियो। अस्पतालका अनुसार उनलाई कुकुरले समेत टोकेको थियो। कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो। file photo