काठमाडौंमा श्रीमती र छोरीमाथि एसिड प्रहार


काठमाडौँ ।
काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड छ्याप्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि एसिड छ्याप्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार विष्टले बिहीबार साँझ ९ बजेतिर श्रीमती र छोरीमाथि एसिड छ्यापेका थिए । विष्टलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ भने पीडितलाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको प्रहरीले बताएको छ ।
पीडितको टाउको र अनुहारमा एसिड परे पनि आँखाको ज्योतिमा असर नपरेको जनाईएको छ ।