आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बोलन्या थली | २३ श्रावण २०७७, शुक्रबार
आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । लगातार बढीरहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ ।सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ ।चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू