सिरहामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
बोलन्या थली |
२३ श्रावण २०७७, शुक्रबार
सिरहा, साउन २३ । सिरहामा शुक्रबार थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लाको गोलबजार–१२ का २३ वर्षीय युवकको बिहिबार राति मृत्यु भएको हो ।
विगत तीन वर्ष देखि किड्नीसम्बन्धि समस्या भोग्दै आएका युवकको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानान मृत्यु भएको हो । गत बुधबार मात्रै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


