कञ्चनपुरमा एक युवती सहित ६ जना पक्राउ

बोलन्या थली | २३ श्रावण २०७७, शुक्रबार
कञ्चनपुरमा एक युवती सहित ६ जना पक्राउ

महेन्द्रनगर,

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट ६ जना पक्राउ परेका छन्। 

उनीहरुको साथबाट एक दशमलब ८५ ग्राम ब्राउन सुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्ष अमरबहादुर थापाक्षेत्रीले जनाएको छ। 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १२ का २३ बर्षीय महेश देउवा, २१ बर्षीय सुदर्शन भारती, २२ बर्षीय लोकेन्द्र सुनाहा, २४ बर्षीय प्रेम भट्ट, २२ बर्षीय पदमराज भट्ट र १९ बर्षीया युवती विपना रावल रहेका छ्न ।

विद्यालयको पर्खाल नाघेर उनीहरुले विद्यालयभित्र लागूपदार्थ सेवन गरिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। रावल आफूसँग रहेका ४ थान लाइटर, चुरोटको बट्टा र प्लास्टिकमा रहेको ब्राउनसुगर भुईमा फालेर भागेकी थिइन्।

उनलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए। पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले बताए। 

जनाअवजको टिप्पणीहरू