भारतीय बोर्ड परीक्षामा कैलालीकी प्रतिभाले ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण

बोलन्या थली | २२ श्रावण २०७७, बिहीबार
भारतीय बोर्ड परीक्षामा कैलालीकी प्रतिभाले ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण

काठमाण्डौ २२ साउन,
भारतमा रोजगारीका लागी पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्। नेपालको कैलालीका हाल भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभा चौधरीले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्।।

उनका भाई प्रतिकले पनि ८९ प्रतिशत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन्। नेपालको कैलालीका कृष्ण कामको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए। काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको अलिबाग जिल्लाको जिरादमा स्थानीय पोल्टी पसलमा कामका थिए।
जिरादका पूर्व ग्राम पञ्चायत अरविन्द पाटिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा विवाह समेत नगरेको बताउँछन्। ‘पछि उसले विवाह ग(यो र दुई छोराछोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने। कृष्णका छोराछोरीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।

जनाअवजको टिप्पणीहरू