कोरोना संक्रमित मन्त्री यादव ५ दिनअघि प्रधानमन्त्री र गृहमन्त्री सहितको टोलीसँग भेटघाटमा

बोलन्या थली | २२ श्रावण २०७७, बिहीबार
कोरोना संक्रमित मन्त्री यादव ५ दिनअघि प्रधानमन्त्री र गृहमन्त्री सहितको टोलीसँग भेटघाटमा

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बुधबार कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । उनीसँगै उनले सम्हालेको मन्त्रालयका आठ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

मन्त्री यादवका अनुसार मुख्यमन्त्री कार्यालयका चारजनामा पनि कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण व्यापक बनिरहेका बेला भेला, भेटघाट नगर्ने भनेर सरकारले नै उर्दी जारी गरेको छ । तर, कोरोनाको हटस्पट मानिने प्रदेश २ बाट आएका कानुनमन्त्री यादवले पाँच दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासहितको टोलीसँग भेट गरेका थिए ।

स्रोतका अनुसार उनी अहिले जनकपुर पुगिसकेका छन् । उनले आफू काठमाडौंमा हुँदा साउन १६ गते अर्थात पाँच दिनअघि प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट गरेको पुष्टि गरेका छन् ।

जनाअवजको टिप्पणीहरू