सुदूरपश्चिममा थप ३ वटा पिसिआर मेसिनबाट कोरोना परिक्षण हुदै

बोलन्या थली | २२ श्रावण २०७७, बिहीबार
सुदूरपश्चिममा थप ३ वटा पिसिआर मेसिनबाट कोरोना परिक्षण हुदै

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको दर बढदै गएको छ ।  कोरोना भाइरसको परिक्षणको दायरा बढाउन सुदूरपश्चिममा थप तीन वटा पिसिआर मेसिन सञ्चालनका लागि ल्याव निर्माण कार्य अन्तिममा पुगेको छ ।

सरकारले प्रदेशका तीन वटा मेसिन खरिद गरी कैलाली, डोटी र बैतडीमा मेसिन संचालनमा आउने भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा जडान हुने मसिनको सञ्चालनमा आउने तयारी रहेको सेति प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

यसै गरी डोटी जिल्ला अस्पतालले सञ्चालन गर्ने गरी जडान भइरहेको पिसआिर मेसिन साउन अन्तिम साता तिर सञ्चालन हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वपास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किका अनुससार पिसीआर मेसिन जडानका लागि ल्याव निर्माण भइरहेकाले साउन अन्तिम साता सम्म डोटीमा परिक्षण थालिने छ ।

यस्तै बैतडीमा जडान गरिने पिसीआर मेसिन भने भदौ पहिलो साता मात्रै सञ्चालनमा आउने काकीृले बताए । प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन पुगाइएको छ । पिसीआर मेसिन जिल्ला पुगे पनि जडान हुन भने केही समय लाग्ने उनले बताए । जिल्ला अस्पताल बैतडीले सञ्चालन गर्ने गरी जडान हुने मेसिनका लागि ल्याब निमार्ण नभएका कारण मेसिन जडान गर्न केही समय लाग्ने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीलेका अनुसारा प्रयोगशाला स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम जारी रहेकाले भदौ पहिलो सातासम्म मेसिन जडान कार्य सम्पन्न गरेर भदौ दोस्रो साताबाट प्रयोगशालाबाट कोरोना परीक्षण सुरू गर्ने लक्ष्य रहेको छ ।

यो संगै सुदूरपश्चिम प्रदेशमा पाँच पिसीआर मेसिन संचालन आउनेछ्न ।

जनाअवजको टिप्पणीहरू