राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल गर्न रोक
बोलन्या थली |
२१ श्रावण २०७७, बुधबार
काठमाडौ : गृह मन्त्रालयले राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै काेराेना नियन्त्रण तथा राेकथामका लागि भन्दै भोलिदेखि लागू हुनेगरी यस्ताे व्यवस्था गरिएकाे जनाएको छ।
काठमाडौं उपत्यका र २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाभित्र पनि सो समयमा हुने आवागमन बन्द गर्ने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।
गृहले सुरक्षा निकाय तथा जिल्ला प्रशासनलाई निर्देशन दिँदै मास्क नलगाई हिँड्ने तथा सुरक्षाका उपाय अवलम्वन नगर्नेलाई जरिवाना तथा कारबाही गर्न भनेको छ।