बुुुधबार नेपालमा कोरोनाको संक्रमणबाट ५ जनाको मृत्यु
बोलन्या थली |
२१ श्रावण २०७७, बुधबार
काठमाडौं: बुुुधबार नेपालमा कोरोनाको संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो।
वीरगञ्ज –१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ वर्षीया युवतीको मृत्यु भएको छ। त्यसैगरी मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ। सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।