बुधबार ३ सय ८१ जना कोरोना संक्रमित थपिए

बोलन्या थली | २१ श्रावण २०७७, बुधबार
बुधबार ३ सय ८१ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९० जना पुगेको छ।

जनाअवजको टिप्पणीहरू