विस्फोटपछि शोकमा लेबनान !

बोलन्या थली | २१ श्रावण २०७७, बुधबार
विस्फोटपछि शोकमा लेबनान !

काठमाडौँ । लेबनानको राजधानी बेरुतमा ठुलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्य मन्त्रीले सय जनाको ज्यान गएको र करिब चार हजार मानिस घाइते भएको बताएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधवार राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् ।

अधिकारीहरुको अनुसार अधिक मात्रामा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा मंगलवार विस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीटमा लेखे, यस घटना पुरै अस्वीकार्य छ कि दुई हजार सात सय ५० टन विष्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गरी राखिएको थियो ।

विष्फोट कसरी भयो भन्ने कुराको जाँच जारी रहेको छ । घटना स्थलको अवस्था निकै पिडादायी रहेको देखिन्छ, विष्फोटको कारण मृतकको शव छरिएको छ र निकै ठुलो मानव क्षति भएको छ ।

प्रधानमन्त्री हसन दिआबले यसलाई निकै भयावह रहेको बताएका छन् । उनले भने, “ दोषीलाई कुनैपनि हालातमा छोडिने छैन।”

विष्फोट भएको गोदाममा सन् २०१४ देखि विष्फोटक नाइट्रेट भण्डारण गरी राखिएको थियो ।

समाचार एजेन्सी एएफपीको अनुसार वरपरको सबै भवन विष्फोटमा ध्वस्त भएका छन् र चारैतिर शिशा र धुलो छरिएको छ । विष्फोटको आवाज पूर्वी भूमध्यसागर, दुई सय ४० किलोमीटर टाढा  साइप्रस सम्म सुनिएको थियो ।

जनाअवजको टिप्पणीहरू