कैलालीमा बलात्कार आरोपमा वडासचिव पक्राउ

बोलन्या थली | २१ श्रावण २०७७, बुधबार
कैलालीमा बलात्कार आरोपमा वडासचिव पक्राउ


धनगढी : भजनी नगरपालिका वडा नं. ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कार आरोपमा पक्राउ परेका छन । उनलाई एक महिलाले बलात्कारको आरोप लगाएकी छन ।

ती महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको उजुरी दर्ता गरेकी छन । एक महिलाका तर्फबाट चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरि जिल्ला चलान गरिएको छ ।

जनाअवजको टिप्पणीहरू