टिकापुरमा पास्टरले मरेको व्यक्तिलाई सातदिनमा जिउँदो फर्काउने भनेपछि शव घर भित्रै…..
धनगढी : टिकापुरमा एक पास्टर (क्रिश्चियन गुरु) ले मरेको व्यक्तिलाई जिउँदो फर्काउने भनेपछि मृतकको शव घर भित्रै राखेको छ । टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका ४३ बर्षिय मोतिराम डगौराको शव केही दिन देखी घरभित्रै राखेको हो ।
छिमेकीले शव गन्हाएको खबर दिएपछि प्रहरी पुग्दा सो घटना बाहिरिएको हो । स्थानीय पास्टर दीपक चौधरीले सात दिन भित्र बचाउने भनेपछि मृतकको शव घरभित्रै राखेको पाईएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले जनाए । मृतकका छोरा इश्वर डगौराले सात दिनमा बुवा बाँच्ने भनेपछि शव घरभित्रै राखेको प्रहरीसँग बताएका छन । मृतकको शव पास्टर चौधरीको घरभित्र भेटिएको छ । उनलाई केही दिन अघि उपचारका लागि त्यहाँ लगेको पाईएको प्रहरीले जानकारी दिएको छ ।
शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पु¥याएको छ । घटनाका बारेमा सोधपुछ गर्न मृतकका छोरा सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।