कोरोनाको संकटमा आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रती प्रधानमन्त्री असन्तुष्टि

बोलन्या थली | २० श्रावण २०७७, मंगलवार
कोरोनाको संकटमा आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रती प्रधानमन्त्री असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडी कुदेको टिप्पणी गरे ।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् ।

जनाअवजको टिप्पणीहरू