सुदूरपश्चिम प्रदेशमा कुन जिल्लामा कति कोरोना संक्रमित ?


धनगढी : लकडाउनको अन्त्य भएसङ्गै सुदूरपश्चिम प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढदै गएको छ । सोमबार ६६ जना थपिएसङ्गै प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ५८ पुगेको छ ।
सबैभन्दा बढी कैलालीमा १२ सय ७२ जना कोरोना संक्रमीत छन् ।
यस्तै डोटीमा ७३०,अछाममा ६९९, कञ्चनपुरमा ५८१, बाजुरामा ४४९, बैतडीमा ३१९, डडेल्धुरामा ३०१, र बझाङमा २६९, जनामा संक्रमण देखिएको छ । सबैभन्दा कम कोरोना संक्रमीत दार्चुलामा हालसम्म ३८ जना मात्र छन् ।