प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार सेती अस्पतालसहित १२ अस्पताललाई अनुमति


धनगढी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि सेती प्रादेशिक अस्पतालसहित १२ अस्पताललाई अनुमति दिएको छ ।
मन्त्रालयले सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृति दिएको हो ।
सरकारी अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढी रहेका छन् ।
यसैगरी निजी अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक तोकिएको छ ।