क्वारेन्टिनका सुरक्षागार्डले शरिरमा मट्टीतेल छर्किएर गरे आत्महत्या
रुपन्देही २० साउन,
रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टिनका सुरक्षागार्डले आत्महत्या गरेका छन ।
मंगलबार बिहान बस्याल वडा नं ५ मितेरीका २४ वर्षीय विपिन बस्यालले शरिरमा मट्टीतेल छर्किएर आगो लगाएको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
उनले मंगलबार बिहान ४ बजेतिर आफूलाई आगो लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए ।
बस्याललाई गम्भीर अवस्थामा तत्काल देवदह मेडिकल कलेज लगिएको थियो । ‘आत्महत्याको प्रयास गरेका उनको अवस्था गम्भीर रहेको र देवदह मेडिकल कलेजमा उपचार गराइएको थियो,’ राठौरले भने, ‘यहाँ सम्भव नभई पाल्पा रिफर गरिएका उनको पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।’
प्रहरीका अनुसार बस्याल डिप्रेसनका बिरामी रहेको र यसअघि पनि तीनपटकसम्म आत्महत्याको प्रयास गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।