सुदूरपश्चिम घर भएका सुशील भट्ट लगानी बोर्डको सीईओमा नियुक्त

बोलन्या थली | १९ श्रावण २०७७, सोमबार
सुदूरपश्चिम घर भएका सुशील भट्ट लगानी बोर्डको सीईओमा नियुक्त

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुर्ख्यौलि घर डडेल्धुराको अजयमेरु गाउपालिकाका सुशील भट्ट नियुक्त भएका छ्न । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको भट्टलाई बोर्डको सीईओ नियुक्त गरेको हो।

भट्ट चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन्। यसअघि उनी राष्ट्रिय योजना आयोगका सदस्य रहेका थिए ।

यसअघि वोर्डका सीईओ महाप्रसाद अधिकारीले चारवर्षे कार्यकाल पूरा गर्न दुई महिना बाँकी छँदै राजीनामा दिएपछि बोर्ड प्रमुखविहीन बनेको थियो। सरकारले बोर्डको सीईओ नियुक्तिको सिफारिस गर्न बोर्डका उपाध्यक्ष (अर्थमन्त्री) को संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष र सरकारले पठाउने एक विज्ञ सदस्यसहितको सिफारिस समिति गठन गरेको थियो ।

छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। बोर्डको कार्यकारी प्रमुखका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण, वाणिज्य कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्वन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहितको उच्चस्तरको दक्षता भएको तथा ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ ।

जनाअवजको टिप्पणीहरू