सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

बोलन्या थली | १९ श्रावण २०७७, सोमबार
सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

धनगढी : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सोमबार सुदूरपश्चिममा ६४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३५  र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ।

 यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा कैलालीका एक जनामा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण भएकोमा कैलालीका ९, कञ्चनपुरका ७ र अछामका चारजना गरी २० जनामा संक्रमण पुष्टि भएको छ।

जनाअवजको टिप्पणीहरू