कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पालो मिलाएर सेवा दिदै

बोलन्या थली | १९ श्रावण २०७७, सोमबार
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पालो मिलाएर सेवा दिदै

कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पालो मिलाएर सेवा दिदै आएको छ । कार्यालयले आइतबारदेखि स्थानीय तहअनुसार पालो निर्धारण गरेको हो।

कार्यालयले तयार गरेको पालो अनुसार भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका वासिन्दालाई आइतबार र सोमबार सेवा दिइनेछ। कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाका वासिन्दाले मंगलबा र बुधबार सेवा दिइने कार्यालयले जनाएको छ।

बिहीबार र शुक्रबार बेदकोट नगरपालिका, माहाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकालाई सेवा समय तालिकामा उल्लेख गरिएको छ। समय तालिका अनुसार सम्बन्धित स्थानीय तहका वासिन्दाले आफ्नो पालोको दिन सबै सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ।

कोभिड १९ को संक्रमण रोक्न भौतिक दूरी कायम गर्नु पर्ने र कार्यालयमा सेवाग्राहीको चाप बढेपछि स्थानीय तह अनुसार समय निर्धारण गरी सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए।

जनाअवजको टिप्पणीहरू