धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २० जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २० जनामा कोरोना पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका –११ का ६ पुरुष र ३ महिला गरी ९ जना, अछामको साफेबगर नगरपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ पुरुष, कञ्चनपुरकै कृष्णपुर नगरपालिका –२ का एक महिला र एक पुरुष गरी २ जना, त्यसैगरी कञ्चनपुरकै बेदकोट नगरपालिकाका २ पुरुषमा कोरोना पुष्टि भएको बताए।