सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना स्वास्थ्यकर्मी मध्ये जोशिको शव फेला

बोलन्या थली | १८ श्रावण २०७७, आईतवार
सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना स्वास्थ्यकर्मी मध्ये जोशिको शव फेला

धनगढी: सेती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी मध्ये एक जनाको शव फेला परेको छ। डडेल्धुराको परशुराम नगरपालिकाका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार घटनास्थल भन्दा निकै टाढा शव फेला परेको बताए। अर्का बेपत्ताको खोजी कार्य भइरहेको उनले बताए। 

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा सेती नदिमा नुहाउने क्रम बेपत्ता भएका थिए ।

जनाअवजको टिप्पणीहरू