सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टी

बोलन्या थली | १८ श्रावण २०७७, आईतवार
सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा ४८ जना कोरोना संक्रमण थपिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा आईतवार ४८ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षण्मा दार्चुृलाका एक जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका एक जनामा पनि कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालिका २२ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको छ ।

जनाअवजको टिप्पणीहरू