थप २ सय ४६ जनामा कोरोना संक्रमण


नेपालमा आइतबार कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।