बोलन्या थलीको बाजुरा जिल्ला युनिट गठन

बोलन्या थली | १८ श्रावण २०७७, आईतवार
बोलन्या थलीको बाजुरा जिल्ला युनिट गठन

बाजुरा । बोलन्या थलीको बाजुरा युनिट गठन भएको छ । जिल्लमा भरत बुढाको नेतृत्वमा समिति गठन भएको छ ।बाजुराको फालासैनमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले समुहका अभियन्ताहरुलाई स्वागत तथा सपथ गराएका हुन ।

पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने , राज्यले बाजुरालाई गरेको नजर अन्दाज विरुद्ध र आर्थिक सामाजिक जागरणका लागी कडा आन्दोलन गर्ने निर्माण र सामाजिक कार्यमा अगाढी बढ्ने नयाँ टीमले निर्णय गरेको छ ।

बोलन्या थलीका संस्थापक यादब जोशीका अनुसार यस अघि दार्चुला युनिट गठन गरिसकेको छ । सुदुरपश्चिमका सबै जिल्लामा बोलन्याथलीको युनिट गठन गर्ने समेत थलीका संस्थापक यादब जोशीले बताए ।

जनाअवजको टिप्पणीहरू