धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २३ जनामा कोरोना संक्रमण

बोलन्या थली | १८ श्रावण २०७७, आईतवार
धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २३ जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २३ जनामा कोरोना पुष्टि भएको छ। आईतवार कैलालीका २२ र बैतडीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ अनुसार कैलालीको बर्दगोरी गाउँपालिका वडा नम्वर ५ का ८, टीकापुर नगरपालिकाका ७ जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का २ जना र धनगढी उपमहानगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यस्तै घोडाघोडी नगरपालिका वडा नम्वर १, गोदावरी नगरपालिका,बैतडीको पाटनका २ का र जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ।

जनाअवजको टिप्पणीहरू